शनिबार, वैशाख १२, २०८३

विश्वकप छनोट खेलमा नेपाल जोर्डनसँग पनि पराजित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- सन् २०२२ को फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ।

अम्मान अन्तर्राष्ट्रिय रंगशालामा मंगलबार राति भएको खेलमा नेपाल जोर्डनसँग ३–० ले पराजित भएको हो।

जोर्डनको जितमा फेरास शेल्बाइह, अहमेद अल इर्सान र वहा फैसलले एक एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा जोर्डनले तीन वटै गोल गरेको हो। 

खेलको ५६ औं मिनेटमा नेपाली डिफेन्डर दिनेश राजबंशीको पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि पाएको पेनाल्टीमा घरेलु टोली जोर्डनले अग्रता लिएको थियो।

जोर्डनका लागि पेनाल्टीमा फेरासले गोल गरे। त्यसपछि ७८ औं मिनेटमा अहेमद इर्सानले गोल गर्दै घरेलु टोलीका अग्रता दोब्बर बनाए। 

लगातारको गोलपछि दबाबमा परेको नेपाल ८८ औं मिनेटमा तेस्रो गोलको शिकार भयो। आत्तिएका नेपाली डिफेन्डरको फाइदा उठाउँदै जोर्डनका बाहा फैसलले गोल गरे। 

यससँगै छनोटको समूह बीमा रहेको नेपालको यो तेस्रो हार हो। नेपालले चार खेल खेल्दा एक खेलमा मात्रै जित निकाल्न सफल भएको छ। 

पहिलो खेलमा कुवेतसँग ७–० को फराकिलो हार व्यहोरेको नेपालले दोस्रो खेलमा भने चाइनिज पाइपेलाई २–० गोलले पराजित गरेको थियो। त्यसपछि अष्ट्रेलियासँग ५–० को हार व्यहोर्दा चौथो अवे खेलमा जोर्डनसँग ३–० ले पराजित भएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।