शनिबार, साउन ३०, २०८३

महिला भलिबलको कप्तानमा अरुणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– नेपाली राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा अरुणा शाहीलाई चयन गरिएको छ। नियमित कप्तान विनिता बुढाथोकी टोली बाहिर रहेपछि नेपाल भलिबल संघले अरुणालाई महिला टोलीको कप्तानीको जिम्मा दिएको हो। 

अरुणाले बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाली टोलीको कप्तानी सम्हाल्ने छिन्। प्रतियोगिता कार्तिक २२ देखि २७ गतेसम्म चल्नेछ। त्यसपछि नेपाली टोलीले नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने छ। सागमा पनि टोलीको कप्तानी अरुणाले नै गर्ने सम्भावना बढेको छ। साग मंसिर १५ देखि २५ गतेसम्म हुनेछ। 

सेन्ट्रल जोन र सागको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोली बुधबार थाइल्यान्ड जाँदै छ। वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड जाने टोलीको मंगलबार विदाई समेत गरिएको छ।
 
नियमित कप्तान विनिता भने यस पटक राष्ट्रिय टिमको प्रारम्भिक चरणमै परेकी थिइनन्। विनिता हाल 'विच भलिबल'को राष्ट्रिय टिममा रहेकी छिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।