शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज विश्व हात धुने दिवस, सरकार भन्छ : दिवस मनाउने बजेट छैन

आज विश्व हात धुने दिवस, सरकार भन्छ : दिवस मनाउने बजेट छैन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – आज अक्टोबर १५ अर्थात् असोज २८ गते विश्व हात धुने दिवस। विश्वभर आज हात धुने दिवस मनाइरहँदा नेपालमा भने सरकारी तहबाट यो दिवस मनाउन छोडिएको छ। 

बजेटको अभावमा पछिल्ला वर्षहरुमा नेपालमा विश्व हात धुने दिवस मनाउन छोडिएको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक कुञ्जप्रसाद जोशीले बताए। सरुवा रोगको संक्रमण सबैभन्दा धेरै हातको फोहोरको कारण हुने विभिन्न अध्ययनले देखाए पनि नेपालमा बजेटको अभावले सरकारी तवरबाट हात धुने दिवस मनाउन छोडिएको हो। 

सन् २००८ बाट मनाउन थालिएको विश्व हात धुने दिवस नेपालमा केही वर्ष मात्र सरकारी तवरबाट मनाइयो। यद्यपि विभिन्न संघसंस्थाले भने विश्व हात धुने दिवस मनाउने गरेको निर्देशक जोशी बताउँछन्।
 
विश्व स्वास्थ्य संगठनका अनुसार शौचालय गएपछि, खाना खानुअघि र पछि, बिरामीलाई भेट्नुअघि र भेटेपछि, फोहोर छोएपछि, खेतबारीको काम सकेपछि, जनावरलाई छोएपछि हात धुन आवश्यक छ। सरसफाईमा ध्यान नदिँदा हरेक वर्ष विश्वभर लाखौं बालबालिकाको ज्यान जाने गरेको विश्वस्वास्थ्य संगठनले जनाएको छ। बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाउन थालिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।