शनिबार, साउन ३०, २०८३

के हो पारस र सोनिकाको सम्बन्ध ? यस्तो भिडियो बाहिरियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पटक पटक विवादमा आइरहने पूर्वयुवराज पारस शाह फेरि विवादमा तानिएका छन् ।

एक युवतीसँग बढ्दो निकटताका कारण उनी विवादमा तानिएका हुन् ।
 
पछिल्लो पटक उनको उठबस यूट्यूवर सोनिका रोकायासँग बाक्लिएको छ । सोनिका तिनै युवती हुन, जो चर्चामा आउन  उछृङ्खल जस्तो लाग्ने भिडियो यूट्यूबमा अपलोड गर्छिन् ।
 
उनै सोनिकासँग पारसको सम्बन्ध झांगिएका कारण उनी फेरि विवाद आएका हुन् ।  यसको पुष्टि टिकटकमा भाइरल भएका दुई भिडियोले गर्छन् ।

जसमा सोनिकाले मुख खोलेर भन्न पो भा’छैन् । तर, कसलाई था’छैन् । बोलको गीतमा पारसलाई पृष्ठभूमिमा राखेर अभिनय गरेकी छिन् । जुन भिडियोमा दुईको सम्बन्धका विषयमा थुप्रैले कमेन्ट गरेका छन् । 

हेर्नुहोस् भिडियो 


यो भिडियोसँगै अर्को एक भिडियोले पनि यी दुईको सम्बन्धका विषयमा प्रश्न उठाएको छ ।

पोखरामा खिचिएको यो भिडियोमा पारस केहि शुभेक्षुकसँग भनाभन गरिराखेको देख्न सकिन्छ ।
 
भिडियोमा शुभेक्षुकहरुले केही प्रश्न गरेका छन् र पारसले कसैले पनि आफूलाई राजावादी भन्दै नहिंड्न सुझाव दिएका छन् । बुलेट बाइकमा कसैलाई कुरेजस्तो देखिने उनले 'यो वादी, उ वादी भन्ने होइन । राजावादी भनेको फुटाउने कुरा हो, हामी सबै नेपाली हो,' भन्दै सुझाएका छन् ।
 
उनले यति भनिसक्न नपाउँदै यूट्यूवर सोनिका आउँछिन् र सरासर बाइकमा बस्छिन् । उनी बस्ने बित्तिकै पारसकाे बाइक हुइकिन्छ ।

हेर्नुहोस् भिडियो  


टिकटकमा भाइरल भएको यो भिडियोले पनि सोनिका र पारसको सम्बन्धका विषयमा प्रश्न उठाएको छ ।

भिडियोमा धेरैले पूर्वयुवराज जस्तो व्यक्तिले यस्तो हर्कत देखाउनु शोभनीय नभएको टिप्पणी गरेका छन् ।

कतिले चाहिँ ‘देख्यौ त तिमीहरुका राजा-रानी ?’ भनेर राजावादीहरुलाई व्यंग्य गरेका छन् । केहिले सोनिकालाई गाली गरेका छन् ।
 
स्रोतका अनुसार पारस र सोनिकाको भेट निकै बाक्लो हुने गरेको छ । दुईबीचको बाक्लो उठबसलाई कतिपयले प्रेम सम्बन्धका रुपमा अर्थाएका छन् ।
 
लामो समयदेखि पारसको पत्नी हिमानीसँग सम्बन्ध राम्रो छैन ।

यसअघि उनी थाइल्यान्डमा रहँदा एक थाइ युवतीसँग प्रेममा रहेको विषय सार्वजनिक भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।