शनिबार, साउन ३०, २०८३

रोनाल्डोको सात सय गोल पूरा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल करियरमा सात सय गोल पूरा गरेका छन्।

युरोकप छनोटअन्तर्गत सोमबार राति भएको खेलमा युक्रेनविरुद्ध एक गोल गर्दै रोनाल्डोले सात सय गोलको आँकडा पूरा गरेका हुन्। यो रोनाल्डोले राष्ट्रिय टोलीबाट गरेको ९५ औं गोल हो। 

रोनाल्डोले गोल गरे पनि पोर्चुगल घरेलु टोलीसँग २-१ ले पराजित हुन पुग्यो। युक्रेनको जितमा रोमन यारेमचुक र एन्ड्री यामोलेन्कोले गोल गरे। खेलको छैटौं मिनेटमा रोमन यारेमचुकले गोल गर्दै घरेलु टोली युक्रेनलाई अग्रता दिलाए। २७औं मिनेटमा एन्ड्री यामोलेन्कोले गोल गरेपछि युक्रेनले पहिलो हाफमा २-० को अग्रता बनायो। 

७२ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत् गोल गर्दै पोर्चुगललाई खेलमा फर्काउने कोसिस गरे। तर, थप गोल गर्न नसक्दा पोर्चुगलले जित निकाल्न सकेन।

यससँगै युक्रेन समूह ‘बी’ बाट युरोकपमा छनोट भएको छ। युक्रेन समूह ‘बी’ मा ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको पोर्चुगलको ६ खेलबाट ११ अंक छ। पोर्चुगललाई छनोट हुन अर्को खेल नै कुर्नुपर्ने भएको छ। 

सोही समूहको अर्को खेलमा सर्वियाले लिथुनियालाई २–१ ले पराजित गरेको छ। जितसँगै सर्वियाले ७ खेलबाट १० अंक जोड्दै युरोकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ।

एजेन्सीकाे सहयाेगमा 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।