शनिबार, वैशाख १२, २०८३

साफ यू–१५ : नेपाल जितविहीन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं– भुटानमा जारी तेस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपको लिग चरणबाट बाहिरिएको नेपालले जितविहीन रहँदै प्रतियोगितको अन्त्य गरेको छ। आइतबार भुटानको चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा घरेलु टोलीसँग १–१ को बराबरी खेल्दै नेपाल प्रतियोगितमा जितविहीन रहेको हो।

भुटानविरुद्धको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल अंक बाढ्न बाध्य भएको हो। पहिलो हाफमा गोल रहित बराबरी भएको खेलेको दोस्रो हाफमा नेपालले सुरुवाती अग्रता लिएको थियो। 

खेलको ५० औं मिनेटमा करिब ३५ यार्डबाट निकिता थोकरले गरेको फ्री–किक प्रहारमा नेपालले अग्रता लिएको थियो। निकिताको फ्री–किक प्रहार भुटानकी गोलरक्षक नोर्बु जाङ्मोले बचाउन खोज्दा नेपाली फर्वाड अमिशा कार्कीको ट्याकलसँग तालमेल नमिल्दा बल गोलमा परिणत भएको थियो। 

तर, ६७ औं मिनेटमा भुटानका लागि डेकी लाजोमले गोल गर्दै खेल बराबरीमा ल्याइन्। भुटानले पनि करिब ३५ यार्डमा नै पाएको फ्री–किकमा छिरिङ यङचेनले गरेको प्रहारलाई गोलरक्षक सावित्री किसान अगाडि बढेको अवस्थानमा डेकीले बाइसाइकल गोल गरेकी हुन्।

७० औं मिनेटमा नेपालले भुटानको गोलपोस्टमा दुई पटक गरेको प्रहार दुबै पटक क्रसरबारमा लाग्दै फर्केपछि नेपाल पुनः अग्रता लिनबाट चुकेको थियो।

यससँगै प्रतियोगिताबाट बाहिरिसकेका दुबै टोलीले लिगमा समान एक एक अंक जोड्दै प्रतियोगिताको अन्त्य गरेका छन्। दुबै टोली सुरुवाती दुई खेलमा भारत र बंगलादेशसँग पराजित भएका थिए। 
नेपालले प्रतियोगिताको पहिलो खेलमा भारतसँग ४–१ गोलको हार व्यहोरेको थियो भने दोस्रो खेलमा बंगलादेशलाई २–१ ले पराजित भएको थियो। प्रतियोगिताको उपाधिका लागि भारत र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।