शनिबार, साउन ३०, २०८३

साफ यू–१५ : नेपाल र भुटानबीचको पहिलो हाफ बराबरीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- तेस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलको पहिलो हाफमा घरेलु टोली भुटान र नेपालले बराबरी खेलेका छन्।

भुटानको चाङ्लिमिथाङ रंगशालामा जारी खेलको पहिलो हाफमा दुबै टोलीले गोल रहित बराबरी खेलेका हुन्।

जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेका यी दुई टोली पहिलो जितको खोजीमा रहेका छन्। सुरुवाती दुई खेलमा दुबै टोली भारत र बंगलादेशसँग पराजित भएका थिए। लिग चरणमा अंक विहीन रहेका नेपाल र भुटानको यो खेल प्रतिष्ठाको लडाई मात्र रहेको छ। 

यो खेल जित्दै दुबै टोली प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छन्। यदि दुबै टोलीले खेल अवधिभर बराबरी खेले एकएक अंक जोड्दै प्रतियोगितको अन्त्य गर्ने छन्।

नेपालले प्रतियोगिताको पहिलो खेलमा भारतसँग ४–१ गोलको हार व्यहोरेको थियो भने दोस्रो खेलमा बंगलादेशलाई २–१ ले पराजित भएको थियो। भारत र बंगलादेशले प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने तय भैसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।