शनिबार, वैशाख १२, २०८३

इटाली युरोकपमा छनोट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- सन् २०२२ मा पोर्चुगलमा आयोजना हुने युरोकपका लागि इटाली छनोट भएको छ। शनिबार राती भएको खेलमा समूह चरणको सातौ खेलमा ग्रीसलाई २-० ले पराजित गर्दै इटाली युरोकपका लागि छनोट भएको हो।

इटालीको जितका लागि जर्गिन्हो र फेडरिको बेनारडेस्चीले एक एक गोल गरे।  पहिलो हाफमा गोल रहित बराबरी भएको खेलको दोस्रो हाफमा इटालिने दुई गोल गरेको हो। खेलको ६३औं मिनेटमा जर्गिन्होले गोल गर्दै इटालिलाई अग्रता दिलाए। 

पेनाल्टी बक्समा ग्रिसका खेलाडीले फाउल गरेपछि पाएको पेनाल्टी अवसरमा जर्गिन्होले गोल गरेका हुन्। ७८औं मिनेटमा फेडरिको बेनारडेस्चीले गोल गर्दै इटालीलाई २-० को जित दिलाए। यसजितसँगै इटाली अर्को वर्ष हुने युरोकपका लागि छनोट हुने दोस्रो टोली बनेको छ। 

यसअघि बेल्जियमले युरोकपको लागि छनोट हुने पहिलो टोली बनेको थियो। समूह ‘जे’ मा अपराजित रहेको इटालीले ७ खेलबाट २१ अंक जोड्दै शीर्षस्थानमा रहेर युरोकपको लागि छनोट हुन सफल भएको हो। दोस्रो स्थानको फिनल्यान्डको १२ अंक छ।

यही समूहको अर्को खेलमा लिचेस्टाइन र अर्मेनियाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। अर्को खेलमा बोस्निया हर्ज गोभिनाले फिनल्यान्डमाथि ४-१ को शानदार जित निकालेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।