शनिबार, वैशाख १२, २०८३

अन्तिम एक मिनेट सम्हालिन नसक्दा स्पेन जितबाट बन्चित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्पेन युरोकप छनोट अन्तर्गत समूहको सातौ खेलको अन्तिम एक मिनेट सम्हालिन नसक्दा जुतबाट बन्चित भएको छ। शनिबार राती भएको खेलको अन्तिम एक मिनेटमा सम्हालिन नसक्दा स्पेनले नर्वेसँग १-१ को बराबरी खेलेको हो। 

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलिले एक एक गोल गरेका थिए। खेलमा स्पेनलाई अग्रता दिलाउन साउल निग्वेजले ४७ औं मिनेटमा गोल गरे। उनले सर्जियो बुस्केटको पासमा गोल गरेका हुन्। तर इन्ज्युरी समयमा नर्वेले पेनाल्टीको मौका पायो। 

स्पेनका गोलरक्षक किपा एरिजाबालगाले ओमार इलावडेलाओइलाई लडाएपछि रेफ्रीले नर्वेलाई पेनाल्टीको मौका दिएको थियो। जसमा नर्वेका जोसुवा किङले गोल गर्दै खेल बराबरीमा ल्याए। 

छनोटमा स्पेनको यो पहिलो बराबरी हो। यस बराबरीसँगै स्पेनले समूह ‘एफ’ मा ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा रहेको छ। युरोमा छनोट हुन अब स्पेनलाई एक जितको खाचो छ। नर्वेमाथि जित निकाल्न सकेको भए स्पेन युरोकपको लागि छनोट हुने थियो। 

नर्वे १० अंक जोडेर चौथो स्थानमा छ। यही समूहको अर्को खेलमा स्वीडेनले माल्टामाथ ४-० को शानदार जित निकाल्दै युरोकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ। स्वीडेन ७ खेलबाट १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। अर्को खेलमा रोमानियाले फारोइ आइल्यान्डमाथि ३-० को जित निकालेको छ। जितसँगै रोमानिया १३ अंकसहित तेस्रो स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।