शनिबार, साउन ३०, २०८३

टी-२० ग्लोबल छनोटको ट्रफी सार्वजनिक  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- टी-२० विश्वकप क्रिकेटअन्तर्गत युएईमा हुने ग्लोबल छनोटको ट्रफी सार्वजनिक गरिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले शुक्रबार राति युएईमा ट्रफी सार्वजनिक गरेको हो।
 
सन् २०२० मा आयोजना हुने टी–२० विश्वकपका लागि हुने ग्लोबल छनोटमा १४ राष्ट्रको सहभागिता छ। शुक्रबार ट्रफी सार्वजनिक कार्यक्रममा पनि छनोटमा सहभागी १४ राष्ट्रका कप्तानको उपस्थिति रहेको थियो। राउण्ड रोबिनको आधारमा आयोजना हुने छनोटमा स्कटल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी, सिंगापुर, नामिबिया, केन्या, बर्मुडा, युएई, आयरल्याण्ड, ओमान, हङकङ, क्यानडा, जर्सी र नाइजेरिया रहेका छन्। नेपाल भने यस पटक ग्लोबल छनोटमा पुग्न सकेन।

१८ अक्टोबरबाट ३ नोभेम्बरसम्म चल्ने छनोटबाट ६ टिमले विश्वकपमा स्थान बनाउने छन्। अस्ट्रेलियामा आयोजना हुने विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्ने छन्।

एक आयोजकसहित टी-२० वरियताका शीर्ष ९ टिमले भने छनोट खेल्ने छैनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।