मंगलबार, वैशाख ८, २०८३

दोहोरो शतकसँगै कोहलीले तोडे सचिनेको रेकर्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- भारतीय कप्तान विराट कोहीले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट च्याम्पियनसिपमा दोहोरो शतक बनाएका छन्। दोस्रो दिनको खेलमा उनले २९९ बल खेल्दै २०२ रनको दोहोरो शतकीय पारी खेलेका हुन्। 

यससँगै कोहली टेस्ट क्रिकेटमा सर्वाधिक दोहोरो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले अहिलेसम्म ७ शतक प्रहार गरेका छन्। उनले भारतका पूर्वखेलाडी सचिन तेन्दुलकर र वीरेन्द्र सहवागको कीर्तिमान भंग गरेका छन्। सचिन र सहवागले टेस्ट क्रिकेटमा ६ दोहोरो शतक बनाएका थिए।  

सहवागले टेस्टमा दुई पटक तेहरो शतक पनि बनाएका छन्। यस आँकडामा विराट र सचिन सहवागभन्दा पछि छन्। 

टेस्टमा विराटको ७ हजार रन पूरा

कोहलीले आफ्नो टेस्ट करियरमा ७ हजार रनको आँकडा पूरा गरेका छन्। दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टको पहिलो पारीमा उनको टेस्ट रन ७ हजार ५४ पुगेको छ । 

त्यस्तै सचिन तेन्दुलकरले १५ हजार ९ सय २१ रन जोडेका थिए। राहुल द्रविडले १३ हजार २ सय ६५, सुनिल गावस्करले १० हजार १ सय २२, वीवीएस लक्ष्मणले ८ हजार ७ सय ८१, सहवागले ८ हजार ५ सय ३ र सौरव गांगुलीले ७ हजार २ सय १२ रन जोडेका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।