शनिबार, साउन ३०, २०८३

पहिलो हाफमा नेपाल बंगलादेशसँग २-० ले पछि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- तेस्रो संस्करणको महिला साफ यू-१५ च्याम्पियनसिपअन्तर्गत बंगलादेशसँगको खेलको पहिलो हाफमा नेपाल पछि परेको छ। भुटानको थिम्पुमा जारी खेलमा नेपाल बंगलादेशसँग पहिलो हाफमा २-० ले पछि परेको हो।
 
साविक विजेतासमेत रहेको बंगलादेशलाई पहिलो हाफमा अग्रता दिलाउन शहिदा अक्तेर रिपा र शम्सुन्नाहरले एक–एक गोल गरे। खेलको १२ औं मिनेटमा शहिदा अक्तेरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन्। २५ औं मिनेटमा शम्सुन्नाहरले पेनाल्टीमा गोल गर्दै बंगलादेशलाई पहिलो हाफमा २-० को अग्रता दिलाइन्। पेनाल्टी क्षेत्रभित्र नपाली खेलाडीले फाउल गरेपछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै शम्सुन्नाहरले गोलमा परिणत गरेकी हुन्।

यता नेपालले भने कुनै गोलको अवसर सृजना गर्न सकेन। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।