शनिबार, साउन ३०, २०८३

नेपाल अन्तिम खेलमा ओमानसँग पराजित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- ओमानमा जारी पाँच राष्ट्रबीचको टी-२० सिरिज क्रिकेट शृंखलाअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल आयोजक ओमानसँग पराजित भएको छ। बिहीबार भएको खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको हो।  

नेपालले दिएको ६५ रनको झिनो लक्ष्य ओमानले ११.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा पूरा गर्यो। ओमानका लागि सुरज कुमारले सर्वाधिक ४२ रन जोडे। उनले ३० बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ४२ रन जोडेका हुन्। त्यस्तै, खवर अलीले ९ र आमिर कालीमले ८ रन जोडे। 

नेपालका लागि करन केसीले दुई तथा सन्दीप लामिछाने र सोमपाल कामीले एक-एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभरमा सबै गुमाउँदै मात्र ६४ रन बनाएको थियो। खराव सुरुवात गरेको नेपालका लागि आरिफ सेखले सर्वाधिक २० रन जोडेका थिए। उनले १३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २० रन जोडे। त्यस्तै दीपेन्द्रले ६ बलमा २ चौका सहित ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन्। 

इसान पाण्डे २, कप्तान पारस खड्का ५, विनोद भण्डारी ४, सोमपाल कामी ८, करन केसी ८, सन्दीप लामिछाने २ र अभिनाष बोहरा २ रनमा आउट भए। सन्दीप जोराले रन नै जोड्न सकेनन्।  

ओमानका लागि आमीर कालीमले सर्वाधिक ५ विकेट लिए । उनले ४ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए। त्यस्तै बिलल खानले दुई तथा मोहम्मद नादीम र खवर अलीले एक-एक विकेट लिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।