शनिबार, साउन ३०, २०८३

ओमानलाई नेपालको झिनो लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- ओमानमा जारी पाँच राष्ट्रबीचको टी-२० क्रिकेट शृंखलाअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आयोजक ओमानलाई जितका लागि ६५ रनको झिनो लक्ष्य सुम्पेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभरमा सबै गुमाउँदै मात्र ६४ रन बनाउन सक्यो।  

खराव सुरुवात गरेको नेपालका लागि आरिफ सेख र दीपेन्द्र सिंह ऐरीले दोहोरो अंकमा रन बटुल्नुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झनयोग्य रहेन। आरिफले १३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २० रन जोडे। त्यस्तै दीपेन्द्रले ६ बलमा २ चौका सहित ११ रन जोडे। इसान पाण्डे २, कप्तान पारस खड्का ५, विनोद भण्डारी ४, सोमपाल कामी ८, करन केसी ८, सन्दीप लामिछाने २ र अभिनाश बोहरा २ रनमा आउट हुँदा सुसान्त भारी ० रनमा अभिजित रहे। सन्दीप जोराले भने रन नै जोड्न सकेनन्।  

ओमानका लागि आमीर कालीमले सर्वाधिक ५ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै मात्र १५ रन खर्चेर ५ विकेट लिएका हुन्। त्यस्तै बिलल खानले दुई तथा मोहम्मद नादीम र खनवर खलीले एक-एक विकेट लिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।