शनिबार, साउन ३०, २०८३

नेपाल पहिलो हाफमा ३-० ले पछि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- विश्वकप छनोटअन्तर्गत अस्ट्रेलियाविरुद्धको पहिलो हाफमा नेपाल पछि परेको छ। जीओ मैदानमा जारी खेलको पहिलो हाफमा नेपाल अस्ट्रेलियासँग ३-० ले पछि परेको हो।

घरेलु टोली अस्ट्रेलियालाई पहिलो हाफमा अग्रता दिलाउन जामी म्याकलरेनले दुई तथा ह्यारी सुटरले एक गोल गरे। जामीले खेलको छैटौं मिनेटमा कर्नरबाट आएको प्रहार गोल पोस्टमा लाग्दै फर्केको बललाई वान टच गोल गरेका हुन्। त्यस्तै १९ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे। उनले र्यान बर्ट ग्रान्टको हेडर पासमा उत्कृष्ट हेडिङबाट गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे। 

खेलको २४ औं मिनेटमा ह्यारीले गोल गर्दै अस्ट्रेलियालाई ३-० को अग्रता दिलाए। ह्यारीले क्रेग गुडविनको सोझो कर्नर प्रहारमा हेडरमार्फत् गोल गरेका हुन्। ३३ औं मिनेटमा मार्क मिलिगनले पेनाल्टी क्षेत्र नजिकैबाट गरेको सशक्त प्रहार गोलरक्षक किरण चेम्जोङले सहजै बचाउ गरे। ४१ औं किोटमा आरोन मोईले गरेको प्रहारले दिशा दिन सकेनन्। इन्जुरी समयमा अस्ट्रेलियाले गरेको गोललाई रेफ्रीले अफसाइड भन्दै मान्यता दिएनन्।

यता नेपाली खेलाडीले भने पहिलो हाफमा अस्ट्रेलियाको पोस्टमा बल प्रहार गर्न सकेनन्।

गोलरक्षक किरण चेम्जोङले भने अस्ट्रेलियाका खेलाडीले गरेका केही उत्कृष्ट प्रहारलाई बचाउ गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।