मंगलबार, वैशाख ८, २०८३

मध्यम क्रम नचल्दा नेपाल आयरल्यान्डसँग १३ रनले पराजित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- ओमानमा जारी पाँच राष्ट्रबीचको टी-२० क्रिकेट शृंखलाअन्तर्गत बुधबार भएको खेलमा नेपाल टेस्ट राष्ट्र आयरल्यान्डसँग १३ रनले पराजित भएको छ।

मध्यम क्रम नचलेपछि नेपाल आयरल्याण्डसँग पराजित भएको हो। 

प्रतियोगितामा नेपालको यो पहिलो हार हो। यसअघि नेपालले हङकङ र नेदरल्यान्डलाई समान ४ विकेटले पराजित गरेको थियो। 

आयरल्यान्डले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा १३२ रनमै समेटियो। मध्यम सुरुवात गरेको नेपालका लागि कप्तान पारस खड्काले मात्र १४ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै २५ रन जोडे। त्यस्तै आरिफ सेखले २६ बलमा २ चौकासहित २६ रन जोडे। इसान पाण्डेयले २२ रन जोड्दा उपकप्तान दीपेन्द्र सिंह ऐरीले १९ रन जोडे। 

तर, त्यसपछि ब्याटिङ गर्न आएकामध्ये करन केसीबाहेक अन्य कुनैले पनि दोहोरो अंकको रन जोड्न सकेनन्। सोमपाल कामीले ७, सन्दीप जोराले २, सन्दीप लामिछाने र विनोद भण्डारी समान १ रनमा पेभिलियन फर्किए। करन केसीले १६ रनकाे याेगदान दिए।  

आयरल्यान्डका लागि जोर्ज डोकक्रेल र मार्क अडाइरले समान तीन विकेट लिए। त्यस्तै  ग्यारेथ डेलानीले दुई विकेट लिए। 

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन जोडेको हो। आयरल्यान्डको मध्यक स्कोरका लागि पउल स्टर्लिङको अर्धशतकको पारी खेलेका थिए। टोलीको सात रन हुँदा पहिलो विकेटको रुपमा केभिन ओ’ब्रोएनलाई ५ रनमा गुमाएको आयरल्यान्डका लागि पउलले ५९ रनको अर्धशतकीय पारी खेले। उनले ४७ बलमा ६ चौका र २ छक्कासहित ५९ रन जोडे। दोस्रो विकेटका लागि केभिन र एन्डी बलबर्नीले ८८ रनको साझेदारी गरे। एन्डीले २८ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३८ रन जोडे। पछिल्लो क्रमका स्टुआर्ट थोम्पसनले अविजित २१ रन बनाउदा आयरल्यान्डले नेपालसामु १४६ रनको मध्यम लक्ष्य सुम्पेको थियो।

नेपालका लागि सन्दीप लामिछाने र अभिनाश बोहराले समान दुई विकेट लिए। सन्दीपले चार ओभरमा २१ रन खर्चिए भने अभिनाशले समान ओभरमा २२ रन खर्चिए। करन केसी र ललितनाराणय राजवंशीले एक-एक विकेट लिए।

शृंखलाअन्तर्गत नेपालले आफ्नो अन्तिम खेल भोली आयोजक ओमानसँग खेल्नेछ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।