मंगलबार, वैशाख ८, २०८३

नेपाललाई १४६ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- पउल स्टर्लिङको अर्धशतकको मद्दतमा आयरल्यान्डले नेपाललाई जितका लागि १ सय ४६ रनको मध्यम लक्ष्य सुम्पेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन जोडेको हो। 

टोलीको सात रन हुँदा पहिलो विकेटको रूपमा केभिन ओ’ब्रोयनलाई ५ रनमा गुमाएको आयरल्यान्डका लागि पउलले ५९ रनको अर्धशतकीय पारी खेले। उनले ४७ बलमा ६ चौका र २ छक्कासहित ५९ रन जोडे। दोस्रो विकेटका लागि केभिन र एन्डी बलबर्नीले ८८ रनको साझेदारी गरे। एन्डीले २८ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३८ रन जोडे।

सुरुवाती ब्याट्सम्यानले आयरल्यान्डको पारी उकासे पनि मध्यक्रम र पछिल्लो क्रमका ब्याट्सम्यान नेपाली बलरसामु खुलेर खेल्न नसक्दा आयरल्यान्डले नेपालसामु ठुलो स्कोर बनाउन सकेन। पछिल्लो क्रमका स्टुआर्ट थोम्पसनले अविजित २१ रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन्।

आयरल्यान्डलाई मध्यम स्कोरमा रोक्न सन्दीप लामिछाने र अभिनाश बोहराले समान दुई विकेट लिए। सन्दीपले चार ओभर बलिङ गर्दै २१ रन खर्चिए भने अभिनाशले समान ओभरमा २२ रन खर्चिए। यस्तै, करन केसी र ललितनाराणय राजवंशीले एक–एक विकेट लिए। आयरल्याण्डका दुई खेलाडी भने रनआउट भएका थिए। 

ओमानमा जारी टी-२० क्रिकेट शृंखलाअन्तर्गत यो नेपालको तेस्रो खेल हो। यसअघिका दुई खेल नेपालले जितेको थियो। नेपालले हङकङ र नेदरल्याण्डसलाई समान चार विकेटले पराजित गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।