काठमाडौं- ओमानमा जारी टी-२० क्रिकेट शृंखलाअन्तर्गत आयरल्याण्डविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ।
टस हारेर बलिङको निम्तो पाएको नेपाललाई लेग स्पिनर सन्दीप लामिछानेले पहिलो सफलता दिलाएका हुन् । उनले खेलको १.४ ओभरमा आयरल्याण्डका केभिन ओब्रायनकाे विकेट लिए। ओब्रायन ५ रनमा आउट भए।
जारी क्रिकेट शृंखलामा यो नेपालको तेस्रो खेल हो । यसअघिका दुई खेल नेपालले जितेको थियो । नेपालले हङकङ र नेदरल्याण्डसलाई समान चार विकेटले पराजित गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४