सोमबार, वैशाख १४, २०८३

एफसी कप फुटसल खेल्ने नेपाली टोली घोषणा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- एएफसी कप फुटसल च्याम्पियनसिप छनोट च्याम्पियनसिपका लागि १४ सदस्यीय राष्ट्रिय फुटसल टोली घोषणा गरिएको छ।

अक्टोबर २३ देखि २५ सम्म इरानमा हुने च्याम्पियनसिपका लागि पूर्वराष्ट्रिय फुटबल खेलाडी विजय गुरुङ र आशिष लामासहितको टोली घोषणा गरिएको हो। 

टोलीमा अनिष श्रेष्ठ, सुमित आले, सन्जोग चाम्लिङ राई, सरोज तामाङ, आदिल हमिद, अभय राना, आरुज सिंह, विजय श्रेष्ठ, सरोज गुरुङ, विनोद गुरुङ, मणि लामा र निर्मल गुरुङ छन्। टोली छनोट मुख्य प्रशिक्षण विष्णु गुरुङ र प्रशिक्षक गौरव बस्नेतले गरेका हुन्।  

दक्षिण एसिया सेन्ट्रल जोनको समूह ‘ए’मा रहेको नेपालले अक्टोबर २३ मा ताजकिस्तान, २४ मा उज्वेकिस्तान र २५ मा अफगानिस्तानसँग खेल्नेछ। समूहका शीर्ष दुई टोलीले सन् २०२० मा तुर्केमिनिस्तानमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा सहभागिता जनाउने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।