शनिबार, वैशाख १२, २०८३

नेपाली क्रिकेटमा ऐतिहासिक जितको अवसर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली आज टेस्ट राष्ट्र आयरल्यान्डविरुद्ध उत्रँदै छ । ओमानमा जारी पाँच राष्ट्रबीचको टी–२० क्रिकेटअन्तर्गत खेल नेपाली समयअनुसार ११ः१५ बजे सुरु हुनेछ।

नेपालले आयरल्यान्डलाई पराजित गर्नसके नेपाली क्रिकेटमा ऐतिहासिक सफलता हुनेछ। नेपाली राष्ट्रिय सिनियर क्रिकेट टोलीले कुनै पनि फरम्याटको अन्तर्राष्ट्रिय प्रतियोगितामा टेस्ट राष्ट्रलाई पराजित गर्न सकेको छैन। 

नेपालले एकदिवसीयमा कुनै पनि टेस्ट राष्ट्रविरुद्ध खेलेको छैन भने टी–२० अन्तर्राष्ट्रियमा नेपालले हालसम्म दुई राष्ट्रसँग प्रतिस्पर्धा गरेको छ।

नेपालले टेस्ट राष्ट्र बंगलादेश र जिम्बावेसँग गरी तीन खेल खेलेको छ। सन् २०१४ मा टी–२० विश्वकपको समूह चरणमा नेपालले पहिलो पटक टेस्ट राष्ट्र बंगलादेशसँग खेलेको थियो। उक्त खेलमा नेपाल बंगलादेशसँग ८ रनले पराजित भएको थियो।

गत साता सिंगापुरमा सम्पन्न क्रिकोणत्मक टी–२० सिरिजमा जिम्बावेसँग दुई खेल खेल्दा दुबै खेल गुमाएको थियो। त्यसैले लगातार दोस्रो जित निकालेको नेपालले आयरल्यान्डलाई पराजित गर्दै प्रतियोगितामा सतप्रतिशत जित निकाल्न मात्र नभई एेतिहासिक जित निकाल्ने योजनामा छ। 

बलियो मानिएको आयरल्यान्डलाई पराजित गर्न भने नेपाललाई त्यती सजिलो हुने छैन । आयरल्यान्डका केभिन ओब्रिएन निकै लयमा छन्। उनी तीन खेल खेल्दै एक शतकसहित १८६ रन जोड्दै प्रतियोगिताको सर्वाधिक स्कोरकर्ताको शीर्ष स्थानमा छन्। 

नेपालका विनोद भण्डारी दुई खेलमा एक अर्धशतकसहित ८४ रन जोडेर दोस्रो स्थानमा छन्। यसअघि सन् २०१५ मा आइसिसी टी–२० विश्वकप छनोटमा नेपालले आयरल्यान्डको सामना गरेको थियो। उक्त खेलमा नेपाल आयरल्यान्डसँग ८ विकेटले पराजित भएको थियो। आयरल्यान्डविरुद्ध पहिले ब्याटिङ गरेको नेपाल ५३ रनमा अलआउट भएको थियो। जबाफी ब्याटिङ गरेको आयरल्यान्डले आठ ओभरमा मात्र दुई विकेट उक्त लक्ष्य भेट्टाएको थियो। 

नेपाल दुई खेलमा चार अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा छ। तीन खेल खेलेको आयरल्यान्ड दुईमा जित र एकमा हारसहित चार अंक जोडेर दोस्रो स्थानमा छ। समान अंक भए पनि आयरल्यान्ड रनरेटका आधारमा दोस्रो स्थानमा छ। आयोजक ओमान शीर्ष स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।