मंगलबार, वैशाख ८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • करनकाे अलराउन्ड प्रदर्शनमा नेपालको दोस्रो जित, नेदरल्यान्ड्स ४ विकेटले पराजित

करनकाे अलराउन्ड प्रदर्शनमा नेपालको दोस्रो जित, नेदरल्यान्ड्स ४ विकेटले पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- करन केसीले अलराउन्ड प्रदर्शन गरेपछि ओमानमा जारी पाँच राष्ट्रबीचको टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई साेमबार चार विकेटले पराजित गरेको छ। नेपालले नेदरल्यान्ड्सले दिएको १३४ रनको मध्यम लक्ष्य १ बलअगावै ६ विकेट गुमाएर पूरा गर्यो।

सातौं नम्बरमा ब्याटिङ गर्न आएका करन केसीले आक्रामक खेलेपछि नेपालको जित सम्भव भएको हो। उनले १४ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै ३१ रनको योगदान दिए। यस्तै, कप्तान पारस खड्काले ३३ र विनोद भण्डारीले २६ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। 

त्यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेदरल्यान्ड्सले १९.३ ओभरमा १३३ रनमा अलआउट भएको थियो । नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउनले सर्वाधिक ४३ रन जोडे । उनले ४४ बलमा ४ चौका प्रहार गरे । त्यस्तै कालिन अच्कर्म्यानले २९, एन्टोनियस स्टालले २१, स्कर्ट एड्वार्डले १६ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। 

नेदरल्यान्ड्सलाई मध्यम स्कोरमा रोक्न सन्दीप लामिछाने र करन केसीले चार–चार विकेट लिए। 

जितसँगै नेपाल अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। नेपालको दुई खेलबाट ४ अंक छ। समान अंक भए पनि रनरेटका आधारमा ओमान तालिकाको शीर्ष स्थानमा छ। यसअघि नेपालले हङकङलाई पनि चार विकेटले पराजित गरेको थियो।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।