मंगलबार, वैशाख ८, २०८३

विनोद र करनको उच्च प्रदर्शनमा नेपाल विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं– विनोद भण्डारी र करन केसीको उच्च प्रदर्शनमा नेपाल विजयी भएको छ। ओमानमा जारी पाँच राष्ट्रबीचको टी–२० सिरिज क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको हो ।  

हङकङले दिएको १ सय २६ रनको लक्ष्य पछ््याएकोे नेपालले १९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो। खराब सुरुवात गरेको नेपालको पारी विनोद र आरिफ सेखले सम्हालेका थिए। ६.२ ओभरमा४ विकेट गुमाएर ३६ रनको स्थितिमा रहेको नेपालका लागि मैदान प्रवेश गरेको विनोदले आरिफसँग ६१ रनको साझेदारी गरे। विनोदले अविजित अर्धशतकीय पारी खेलेका हुन्। उनले ४३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५८ रन जोडे।

त्यस्तै आरिफले २४ बलमा एक चौकासहित २१ रन जोड्दै नेपालको जितमा महत्त्वपूर्ण भूमिका खेले। पवन सराफले १०, कप्तान पारस खड्का शून्य, दीपेन्द्र सिंह ऐरी ६, रोहिशतकुमार पौडेल ५, सोमपाल कामी १३ रनमा पेभिलियन फर्किए। करन केसी १ रनमा अविजित रहे।
हङकङका लागि नसरुल्ला राना र काइल क्रिस्टीले समान दुई दुई विकेट लिए। त्यस्तै किञ्चित शाह र इसान खानले एक एक विकेट लिए। 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २५ रन जोडेको थियो। पहिलो विकेटका रुपमा १३ रनमा खेलिरहेका अहसन अब्बासलाई गुमाएको हङकङले दोस्रो विकेटका रुपमा निजाकत खानलाई २३ रनमा गुमायो। त्यस्तै तेस्रो विकेटको रुपमा शाहिद वासिफ शून्य रन, किञ्चित शाह ३१ रन, आरुश भागवत शून्य रनमा पेभिलियन फर्किए। 

वाकस बर्कतले हङकङका लागि सर्वाधिक ३७ रन जोडे। उनले ४७ बलमा २ चौका प्रहार गर्दै ३७ रन जोडेका हुन्। इसान खान १० रन र राग कपुर ३ रनमा अविजित रहे। 
नेपालका लागि करन केसीले सर्वाधिक चार विकेट लिए। उनले आफ्नो एकै ओभरमा तीन विकेट लिएका थिए। करनले चार ओभर बलिङ गर्दै ३६ रन खर्चेर चार विकेट लिए। त्यस्तै अविनाश बोहराले एक विकेट लिए। 

हङकङको यो लगातार दोस्रो होर हो। हङकङ आफ्नो पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएको थियो। अब नेपालले आफ्नो दोस्रो खेल सोमबार नेदरल्यान्ड्ससँग खेल्नेछ भने तेस्रो खेल बुधबार आयरल्यान्ड र चौथो खेल बिहीबार आयोजक ओमानसँग खेल्नेछ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।