काठमाडौं– ओमानमा जारी पाँच राष्ट्रबीचको टी–२० सिरिज क्रिकेटमा हङकङले नेपाललाई जितका लागि मध्यम लक्ष्य सुम्पेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले नेपाललाई १ सय २६ रनको मध्यम लक्ष्य सुम्पेको हो।
मध्यम सुरुवात गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २५ रन जोडेको हो। पहिलो विकेटका रुपमा १३ रनमा खेलिरहेका अहसन अब्बासलाई गुमाएको हङकङले दोस्रो विकेटका रुपमा निजाकत खानलाई २३ रनमा गुमायो। त्यस्तै तेस्रो किवेटको रुपमा शाहिद वासिफ शून्य रन, किञ्चित शाह ३१ रन, आरुष भगवत शून्य रनमा पेभिलियन फर्किए।
वाकस बर्कतले हङकङका लागि सर्वाधिक ३७ रन जोडे। उनले ४७ बलमा २ चौका प्रहार गर्दै ३७ रन जोडेका हुन्। इसान खान १० रन र राग कपुर ३ रनमा अविजित रहे।
नेपालका लागि करन केसीले सर्वाधिक चार विकेट लिए। उनले आफ्नो एकै ओभरमा तीन विकेट लिएका थिए। करनले चार ओभर बलिङ गर्दै ३६ रन खर्चेर चार विकटे लिए। त्यस्तै अभिनाश बोहराले एक विकेट लिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४