मंगलबार, वैशाख ८, २०८३

नेपाल हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्दै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं– ओमानमा जारी पाँच राष्ट्रबीचको टी–२० क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले हङकङविरुद्ध फिल्डिङ गर्ने भएको छ।

अल अम्रेट क्रिकेट मैदानमा टस जितेको नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो। गत साता सिंगापुरमा त्रिकोणात्मक टी–२० सिरिज खेल्दै ओमान पुगेको नेपाली टोली हङकङलाई पराजित गर्दै सुखद सुरुवात गर्ने चाहन्छ। पहिलो जितको खोजीमा रहेको हङकङ नेपालमाथिको दबदबा कायमै राख्ने रणनीतिमा छ। 

पछिल्ला दुई टी–२० अन्तर्राष्ट्रियमा नेपालले हङकङलाई पराजित गर्न सकेको छैन। सन् २०१४ को टी–२० विश्वकपमा भने नेपालले हङकङलाई ८० रनले पराजित गरेको थियो। हालसम्म नेपाल र हङकङ सात पटक ती–२० अन्तर्राष्ट्रियमा आमने सामने हुँदा तीन खेल नेपाल र चार खेल हङकङले जितेको छ। 

पहिलो जितको खोजीमा रहेको हङकङले आफ्नो पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजय भोगेको थियो। त्यसैले हङकङ आफ्नो दोस्रो खेलमा नेपाललाई पराजित गर्दै प्रतियोगितामा फर्किन चाहन्छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।