बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • श्रीकृष्णजन्माष्टमी : कोरोना जोखिमको बेवास्ता गर्दै कृष्ण मन्दिरमा घुइँचो [तस्बिरहरू]

श्रीकृष्णजन्माष्टमी : कोरोना जोखिमको बेवास्ता गर्दै कृष्ण मन्दिरमा घुइँचो [तस्बिरहरू]

विश्व सम्पदामा सूचीकृत पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमी भगवान् श्रीकृष्णको पूजाआजा गरी धुमधामका साथ मनाइएको छ।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

काठमाडौं– कोरोना संक्रमण जोखिमको पर्वाह नगरी ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ। मन्दिर व्यवस्थापनले नियमित पूजाबाहेक श्रद्धालुका लागि दर्शनमा रोक लगाए पनि श्रद्धालुहरु बिहानैदेखि मन्दिर परिसरमा पुगेका छन्। हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन कृष्णको पूजा गर्ने चलन छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ।

National life

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ।



Shivam cement










प्रकाशित: Aug 30, 2021| 11:46 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।