बिहीबार, भदौ ४, २०८३

साहित्यकार आनन्ददेव भट्टको निधन

भट्टको ८५ वर्षको उमेर निधन भएको हो। सोमबार बिहान साढे सात बजे आफ्नै निवास काठमाडौंको कालिकास्थानमा भट्टको निधन भएको साहित्यकार मातृका पोखरेलले जानकारी दिए।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

काठमाडौं– साहित्यकार आनन्ददेव भट्टको निधन भएको छ। भट्टको ८५ वर्षको उमेर निधन भएको हो। सोमबार बिहान साढे सात बजे आफ्नै निवास काठमाडौंको कालिकास्थानमा भट्टको निधन भएको साहित्यकार मातृका पोखरेलले जानकारी दिए। उनी विगत चार/पाँच वर्षदेखि अल्जाइमर रोगबाट पीडित थिए।

भट्टको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा अत्येष्टि गर्ने तयारी रहेको परिवारस्रोतले जनाएको छ। उनका श्रीमती, दुई छोरा र छोरी छन्। 

पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले भट्टको निधनमा दुःख व्यक्त गरेका छन्।

‘देशकै सम्मानित बौद्धिक व्यक्तित्व  प्राध्यापक आनन्ददेव भट्टको निधनको खबरबाट असाध्यै  दुखी छु । नेपाली साहित्यका अविराम साधक वरिष्ट साहित्यकार भट्ट प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य हुनुहुन्थ्यो। उहाँले सिंगो देश र विशेषतः बैतडीमा त नेतृत्वमै रहेर हाम्रो पार्टीको आधार निर्माणमा महत्त्वपूर्ण योगदान गर्नुभएको थियो। उहाँको निधन प्रगतिशील क्षेत्रमा ठूलो क्षति हो। म आदरणीय भट्टज्यूप्रति स–सम्मान भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ एमाले अध्यक्ष केपी शर्मा ओलीले ट्विटमा लेखेका छन् ।


प्रकाशित: Aug 30, 2021| 11:31 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।