शनिबार, साउन ३०, २०८३

नेपाली मूलकी खेलाडी इंग्ल्याण्डको राष्ट्रिय टोलीमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाली मूलकी एक फुटबल खेलाडी इंग्ल्याण्डको यू–१९ राष्ट्रिय महिला टोलीमा परेकी छन्। डिफेन्डर अस्मिता आलेमगर इंग्ल्याण्डको राट्रिय टोलीमा परेकी हुन्।

लामो समयदेखि नै इंग्ल्याण्डमा बस्दै आएकी १७ वर्षीया अस्मिता बेलायती पूर्वसेनाकी छोरीसमेत हुन्। सन् २०२० मा हुने युईएफए वुमन्स यू–१९ च्याम्पियनसिपको क्वालिफायर खेलका लागि उनी राष्ट्रिय टोलीमा परेकी हुन्। तर, छनोटको पहिलो खेलमा साइप्रसविरुद्ध ८–० को जितमा उनी बेन्चमा नै बसेकी थिइन्।

क्वालिफायरको समूह ११ मा रहेको इंग्ल्याण्डले साइप्रस, बेलारुस र सर्वियासँग खेल्नेछ। प्रत्येक समूहका शीर्ष दुई टोली अन्तिम चरणमा छनोट हुनेछन्। यस्तै तेस्रो हुनेमध्ये उत्कृष्ट चार टोलीले पनि अन्तिम चरणमा खेल्ने अवसर पाउनेछ।



अस्मिता इंग्लिस महिला क्लब एस्टन भिल्लाबाट व्यवसायिक फुटबल खेल्दै आएकी छिन्। अस्मिताले सन् २०११ मा ट्रायल दिँदै एस्टन भिल्लाको यू–११ महिला टीमबाट व्यवसायिक फुटबलको शुरुवात गरेकी थिइन्। 

उनी इंग्ल्याण्डको राष्ट्रिय टोलीका पहिलो पटक भने परेकी हैनन्। उनले २०१९ मा सम्पन्न युईएफए वुमन्स यू–१९ च्याम्पियनसिपमा इंग्ल्याण्डको महिला टोलीबाट खेलिसकेकी छिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।