बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाढी–पहिरोमा परी दार्चुलामा एकको मृत्यु, ५ बेपत्ता, २ घाइते

बाढी–पहिरोमा परी दार्चुलामा एकको मृत्यु, ५ बेपत्ता, २ घाइते

दार्चुलामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर २ जना बेपत्ता भएका छन्।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

धनगढी- दार्चुलामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर २ जना बेपत्ता भएका छन्।

आइतबार राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोमाल पुरिएर दुहूँ गाउँपालिका–१ बस्पाली बस्ने नरसिंह महराको मृत्यु भएको छ भने उनकी श्रीमती कौशी देवी महरा बेपत्ता भएकी छन्।

सोही गाउँपालिकाको वडा नम्बर-५ दुल्लामा बाढीले मनुवा डँडाल बेपत्ता भएका छन्। कालागाड खोलामा राति १० बजेतिर आएको बाढीले घरसहित बगाउँदा उनी बेपत्ता भएका हुन् भने उनकी श्रीमती उजली डडाल र छिमेकी जनक राम पार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

वडा नम्बर ३ नबर निजमगाडमा बाढीले दुई जना बेपत्ता छन्। निजमगड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हर्क सिंह कार्कीलाई बगाएको हो। कार्की दाजुभाइले पसल सञ्चालन गर्दै आएका थिए।

स्थानीय भोजराज जोशीका अनुसार सोही बाढीले दार्चुला–तिंकर सडक मोटरेबल पुल, दुई झोलुंगे पुल र एउटा पसल बगाएको छ। पुल बग्दा दुहूँ र व्यास गाउँपालिकाको सम्बन्ध विच्छेद भएको छ।

निजमगाड खोलाकै बाढीले महाकाली नगरपालिका–१ सिरिबगरका तीन वटा घर र एउटा पसल बगाएको छ। सेना, प्रहरी र स्थानीय बासिन्दा मिलेर बेपत्ताहरूको खोजी गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टसमेत घटनास्थलतर्फ गएका छन्।

प्रकाशित: Aug 30, 2021| 10:26 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।