शनिबार, साउन ३०, २०८३

बार्सिलोनाको जितमा स्वारेज नायक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- उरुग्वेका स्ट्राइकर लुइस स्वारेज नायक बनेपछी स्पेनिस महारथी क्लब बार्सिलोना विजयी भएको छ। 

च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राती भएको समूह चरणको दोस्रो खेलमा बार्सिलोना विजयी भएको हो। 

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा इन्टर मिलानमाथी २–१ को जित निकाल्दा दुबै गोल स्वारेजले गरेका थिए। खेलमा पछि परेको अवस्थामा बार्सिलोनाले पुनरागमन जित निकालेको हो। 

खेलको दोश्रो मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै पाहुना टोलि इन्टरलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा स्वारेज चम्किए। उनले खेलको ५८ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए। 

त्यसपछि खेलको ८४ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए।यस जितसँगै बार्सिलोनाको च्याम्पियन्स लिगमा पहिलो जित हो। 

समूह एफ मा रहेको बार्सिलोनाले २ खेलमा ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। १ अंक जोडेको इन्टर तेस्रो स्थानमा रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।