शनिबार, वैशाख १२, २०८३

यू–१९ फुटबल टोलीको प्रशिक्षकमा मेघराज नियुक्त 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं – नेपाली यू–१९ राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा मेघराज केसी नियुक्त भएका छन्। ए डिभिजन क्लब थ्री स्टारको मुख्य प्रशिक्षकको भूमिका निभाइसकेका केसीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–१९ फुटबल टोलीको प्रशिक्षकमा नियुक्त गरेको हो।

उनलाई नोभेम्बर ६ देखि इरानमा आयोजना हुने एएफसी यू–१९ क्वालिफायरका लागि नियुक्त गरेको एन्फाले जनाएको छ। यसै महिना घरेलु मैदानमा आयोजना भएको साग यू–१८ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिएपछि टोलीको प्रशिक्षकबाट चेत नारायण श्रेष्ठले राजीनामा दिएका थिए। 

टोलीले उत्कृष्ट प्रदर्शन गर्न नसक्नुको जिम्मा आफु लिँदै श्रेष्ठले मुख्य प्रशिक्षको पदबाट राजीनामा दिएपछि उक्त स्थान रिक्त थियो। यसअघिका दुई संस्करणको विजेता समेत रहेको नेपाल समूहमा माल्दिभ्ससँग १–१ को बराबरी र भुटानसँग ३–० को हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको थियो।

तेस्रो संस्करणमा नेपाल ह्याट्रिक गर्नबाट चुकेपछि श्रेष्ठसँगै गोलरक्षक तथा सहायक प्रशिक्षकले समेत पदबाट राजीनामा दिएका थिए। उक्त पद पनि चाँडे पूर्ती गर्ने एन्फाले जनाएको छ। 

एएफसी यू–१९ क्वालिफायरको समूह ‘डी’ मा नेपालसहित इरान, युएई र किर्गिस्तान रिपब्लिक रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।