सोमबार, वैशाख १४, २०८३

महिला च्याम्पियन्स लिग क्रिकेटको तालिका सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- महिला च्याम्पियन्स लिग (डब्लुसिएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।

असोज २९ देखि कार्तिक ७ गतेसम्म हुने डब्लुसिएलको खेल तालिका बुधबार आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले सार्वजनिक गरेको हो।

तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा क्याट क्वीन्स काठमाडौंले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै असोज ३० गते दुई खेल हुनेछ।

पहिलो खेलमा काठमाडौं र पोखरा पल्टन तथा अर्को खेलमा ललितपुर फाल्कोन्सले विराटनगर टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ।

कार्तिक एक गते हुने पहिलो खेलमा विराटनगर र पोखराले प्रतिस्पर्धा गर्ने छन् भने दोस्रो खेलमा चितवनले ललितपुरको सामना गर्नेछ।

दुई गते हुने पहिलो खेलमा पोखारले चितवन र दोस्रो खेलमा विराटनगरले काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ।

तीन गते काठमाडौंले ललितपुर र चितवनले विराटनगरसँग खेल्ने छन्।

४ गते हुने एक मात्र खेलमा ललितपुर र पोखरा भिड्ने छन्। लिग चरणको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ। लिगको दोस्रो स्थानमा हुने र तेस्रो स्थानमा हुने टिमले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल कार्तिक ५ गते खेल्ने छ।

त्यस्तै, फाइनल खेल भने कात्तिक ७ गते हुनेछ । पाँच वटा फ्रेन्चाइज टिम सहभागी प्रतियोगिताका सम्पूर्ण खेल टियू मैदानमा हुने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।