मंगलबार, वैशाख ८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्व सैनिक खेलकुद प्रतियोगितामा नेपाल पहिलोपटक सहभागी हुँदै 

विश्व सैनिक खेलकुद प्रतियोगितामा नेपाल पहिलोपटक सहभागी हुँदै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं– सातौं विश्व सैनिक खेलकूद प्रतियोगितामा नेपाल पहिलो पटक सहभागी हुने भएको छ।

इन्टरनेशनल मिलिट्री स्पोर्टस् काउन्सिलले प्रत्येक चार वर्षमा आयोजना गर्दै आएको प्रतियोगिता यस वर्ष चीनको उहानमा कात्तिक १ देखि १० गतेसम्म हुँदैछ। 

प्रतियोगितामा विश्वका १०५ मुलुकका १० हजार ७१९ सैनिक खेलाडी सहभागी हुने छन्। दुई प्रदर्शनी खेलसहित २७ खेलमध्ये नेपाली सेनाले १३ खेलमा भाग लिनेछ।

नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख महासेनानी शशी किरण रायमाझीका अनुसार नेपाली सेनाले आर्चरी, ब्याडमिण्टन,  बक्सिङ,  घोडचढी,  फेन्सिङ,  जुडो,  ट्रायथलन,  ट्रयाक एण्ड फिल्ड,  तेक्वान्दो,  बिच भलिबल,  कुस्ती,  मोर्डन पेन्टाथलन र सुटिङ खेलमा भाग लिनेछ।

सेनाले छनौट भएका खेलाडीहरुलाई १५ महीनादेखि अभ्यास गराइरहेको छ।

रायमाझीका अनुसार प्रतियोगितामा भाग लिने ४० जना खेलाडी र प्रशिक्षकसहितको नेपाली प्रतिनिधिमण्डल  असोज  २५,  २८ र २९ गते त्यसतर्फ प्रस्थान गर्नेछ । 

उक्त खेलकूद प्रतियोगिताको उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल समेत सहभागी हुने रायमाझीले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।