शनिबार, साउन ३०, २०८३

स्टार खेलाडीविना पिएसजीको संघर्ष पूर्ण जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- आफ्ना स्टार खेलाडीविना मैदान उत्रिएको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले च्याम्पियन्स लिग फुटबलमा संघर्षपुर्ण जित निकालेको छ। 

मंगलबार राति भएको खेलमा पिएसजीले टर्किस क्लब गलातासारेमाथि १–० को संघर्ष पुर्ण जित निकालेको हो।

पिएसजीको जितका लागि खेलको एक मात्र निर्णायक गोल माको ईकार्डीले गरे। पहिलो हाफ गोल राहित बराबरीमा सकिएको थियो । खेलमा दोस्रो हाफमा गोल गरेका हुन्। 

५२ औं मिनेटमा ईकार्डीले खेलको एक मात्र विजयी गोल गरेका हुन्।स्टर खेलाडी नेयमार, केलियन एम्बाप्पे र ईडिन्सन काभानीविनै पिएसजीले खेलको सुरुवात गरेको थियो। तर एम्बाप्पे भने दोश्रो हाफमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए। 

यता नेयमार निलम्बनका कारण च्याम्पियन्स लिगको दोस्रो खेल समेत गुमाउन पुगे। त्यस्तै काभानी चोटका कारण खेलमा उपस्थित नभएका हुन।

यससँगै पिएसजीले च्याम्पियन्स लिगमा सतप्रतिशत जित निकालेको छ। समुह ए का दुई खेल खेल्दै ६ अंक जोडेर पिएसजी अंका तालिकाको शीर्ष स्थानमा छ। गलातासारे १ अंक जोड्दै तेस्रो स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।