शनिबार, साउन ३०, २०८३

युभेन्ट्सको जितमा रोनाल्डोको गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इटालियन च्याम्पियन युभेन्टसले च्याम्पियन्स लिग फुटबल अन्तर्गत सहज जित निकालेको छ। 

मंगलबार राति भएको खेलमा युभेन्ट्सले जर्मन क्लब बायर लिभरकुसेनलाई ३-० गोलले पराजित गर्दै सहज जित निकालेको हो । युभेन्टसको जितका लागि गोन्जालो हिग्युन, फेडेरिको बर्नार्डेस्की र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे। 

घरेलु मैदानमा भएको खेलको १७ औ मिनेटमा गोन्जालो गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए। पहिलो हाफमा १-० को अग्रता बनाएको युभेन्टसले दोस्रो हाफमा थप दुई गोल गर्यो।

६१ औं मिनेटमा फेडेरिको बर्नार्डेस्कीले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे। खेल सकिन दुई मिनेट बाँकी रहदा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई ३–० को सहज जित दिलाए। 

यस जितसँगै युभेन्ट्स दुई खेलबाट ४ अंक जोड्दै समुह डी को शीर्ष स्थानमा रहेको छ। लिभरकुसेन अंक बिहिन हुदै पुछारमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।