एजेन्सी- सोमबार राती भएको इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेड र आर्सनलले बराबरी खेलेको छन् ।
युनाईटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा दुबै टोलिले १-१ गोलको बराबरी खेलेका हुन्। खेलम अग्रता लिएको घरेलु टोली युनाईटेडले अग्रता जोगाइन नसक्दा अंक बाँढ्न बाध्य भएको हो।
युनाइटेडले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। युनाइटेडका लागि स्काट म्याक टोमिनेले एक गोल गरेका थिए। तर दोस्रो हाफमा आर्सनलका पियरी एम्रिक अबुमियाङले गोल फर्काउदै खेल १-१ को बराबरीमा ल्याए।
उनले खेलको ५८ औं मिनेटमा गोल गर्दै युनाईटेडसंग अंक बाँढेका हुन्। यससँगै अबुमियाङ सन् १९९८ पछि प्रिमियर लिगको सुरुवाती सात खेलमा सात भन्दा बढी गोल गर्ने आर्सनलको पहिलो खेलाडी बनेका छन्।
बराबरी पछि आर्सनल सात खेलबाट १२ अंक सहित तालिकाको चौथो स्थानमा छ। त्यस्तै घरेलु टोली युनाईटेड समान खेलबाट ९ अंक जोड्दै तालिकाको दशौ स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४