बुधबार, मंसिर ३, २०८२

ट्राफिक सचेतनाका लागि कलाकार सडकमा (तस्बिरहरु)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- यात्रु र चालकमा ट्राफिक नियमसम्बन्धी जागरुकता बढाउन चलचित्र कलाकारहरु काठमाडौंका सडकमा उत्रेका छन्। 

नेपाल चलचित्र कलाकार संघको आयोजनामा कलाकारहरुको बेग्लाबेग्लै समूह  सोमबार नयाँ बानेश्वर, कोटेश्वर र महाराजगंजका सडकमा खटिएका हुन् । यसअघि उनीहरुले नयाँ बानेश्वरमा चोकमा औपचारिक कार्यक्रम गरेका थिए । 

सडकमा उत्रिएका कलाकारहरुले पैदल यात्रुलाई जेब्राक्रसिङबाट मात्र बाटो काट्न सल्लाह दिए भने अशक्त, बृद्धबृद्धालाई बाटो कटाउन सहयोग गरे। 

संघका अध्यक्ष रवीन्द्र खडकाले ट्राफिक सम्बन्धी चेतना जरुरी भएकाले कलाकारहरुले सकरात्मक सन्देश दिन कार्यक्रम आयोजना गरेको जानकारी दिए। 

महानगरीय ट्राफिक महाशाखा रामशाहपथका प्रहरी उपरीक्षक राजकुमार पौडेलले कलाकारको अभियानले आमा मानिसमा ट्राफिक सम्बन्धी सकारात्मक सन्देश फैलिन मद्दत पुग्ने विश्वास व्यक्त गरे।  

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्