बुधबार, मंसिर ३, २०८२

रहेनन् शोलेका 'कालिया'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – बलिउड फिल्म शोलेका चर्चित कलाकार 'कालिया' अर्थात विजु खोटेको निधन भएको छ। उनको ७८ वर्षको उमेरमा मुम्बईस्थित आफ्नै निवासमा सोमबार निधन भएको हो। लामो समयदेखि उनी विरामी थिए। 

हिन्दी फिल्मका अलावा उनले थुप्रै टेलिचलचित्र र मराठी फिल्ममासमेत अभिनय गरेका छन्। उनले चर्चित फिल्म शोलेमा कालियाको भूमिकाबाट निकै चर्चा बटुले। आम मानिसले उनलाई कालियाबाटै चिने। 

शोले फिल्ममा गब्बर सिंहले 'तेरा क्या होगा कालिया'को प्रश्नमा उनले डराउँदै 'सरदार मैने आपका नमक खाया हैं।' भनेको त्यो दृष्य उक्त फिल्म हेर्ने सबैको आँखामा आजपनि उत्तिकै नाच्छ।

यस्तै सन् १९९४ मा रिलिज भएको अंदाज अपना अपना फिल्ममा रोबर्टको भूमिका निभाएका खोटेले बोलेको 'गल्ति से मिस्टेक होगया' डायलग पनि आजका दिनमा उत्तिकै चर्चित छ। खोटेले सन् २०१८ मा आफ्नो अन्तिम फिल्मको रुपमा 'जाने क्यूँ दें यारों'मा अभिनय गरेका थिए।

तीन सय भन्दा अधिक फिल्ममा अभिनय गरिसकेका खोटेको चाइना गेट, कयामत से कयामत तक, कर्ज, गोलमाल ३ चर्चित रहेका छन्। उनको निधनमा भारतीय कलाकारले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्