बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशका केही स्थानमा भारी वर्षाको सम्भावना, भोलिबाट मात्रै मौसममा सुधार आउने

देशका केही स्थानमा भारी वर्षाको सम्भावना, भोलिबाट मात्रै मौसममा सुधार आउने

मनसुनी वायुको प्रभावका कारण आज पनि देशभरको मौसम सक्रिय रहेको छ। आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको छ।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

काठमाडौं- मनसुनी वायुको प्रभावका कारण आज पनि देशभरको मौसम सक्रिय रहेको छ। आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको छ।

आज दिनभर देशको अधिकांस भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। दिउँसो लुम्बिनि प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका  र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

पछिल्लो तीन/चार दिनको झरीपछि मौसममा केही सुधार भए पनि पानी भने पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। महाशाखाका अनुसार सोमबार दिउँसो धेरै स्थानमा वर्षाको सम्भावना छ।  

लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना पनि छ। तर, शनिबारको जस्तो अतिभारी वर्षाको सम्भावना भने नरहेको महाशाखाले जानकारी दिएको छ।

मंगलबार मौसममा थप सुधार आउने छ। मंगलबार सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रकाशित: Aug 30, 2021| 07:20 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।