काठमाडौं- बूढानीलकण्ठले पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।
आइतबार भएको फाइनल खेलमा बूढानीलकण्ठले कीर्तिपुरलाई ६३–४२ ले पराजित गर्दै उपाधि जितेको हो।
त्यस्तै बूढानीलकण्ठका रुपेश नापितले १९ अंक जोडे। बूढनीलकण्ठबाट कप्तान विराज राणाले १६ तथा कृष मेडेवसले ८ अंक जोडे।
कीर्तिपुरका पारस योञ्जनले १६ स्कोर गरे। विजेताले ४० हजार तथा उपविजेताले २० हजार नगद पुरस्कार हात पारे।
बूढानीलकण्ठका रुपेश नापित ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। उनले ५ हजार नगद पुरस्कार पाए।
विजेतालाई प्रदेश सांसद् नारायण सिलवाल, बीएमकेका अध्यक्ष हरि अधिकारी, बीएमकेका सचिव लक्ष्मण थापा, प्रतियोगिता संयोजक अनुप मानन्धरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।
असोज ४ गते सुरु प्रतियोगितामा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४