शनिबार, वैशाख १२, २०८३

पारसको उत्कृष्ट ब्याटिङमा नेपाल विजयी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- कप्तान पारस खड्काको उत्कृष्ट ब्याटिङको मद्दतमा नेपालले सिंगापुरमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा पहिलो जित निकालेको छ। 

इन्डियन एसोशियसन मैदानमा शनिबार भएको खेलमा आयोजक सिंगापुरलाई ९ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको हो।

सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभरमा मात्र १ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टाएको हो। खराव सुरुवात गरेको नेपालको पारी कप्तान पारस खड्का र आरिफ सेखले सम्हालेका थिए।

दोस्रो ओभरको तेस्रो बलमा ओपनर इसान पाण्डे एलबीडब्लु आउट हुँदै ५ रनमा पेभिलियन फर्किएपछि उनको स्थानमा आरिफ मैदान प्रवेश गरेका थिए। पारस र आरिफले १४९ रनको उत्कृष्ट अविजित साझेदारी गरे। 

पारसले ५२ बलमा ७ चौका र ९ छक्का प्रहार गर्दै १०६ रनको शतकीय पारी खेलका हुन्।

टी–२० अन्तर्राष्ट्रियमा पारसको यो पहिलो शतक हो। त्यस्तै आरिफले ३८ बलमा ५ चौका प्रहार गर्दै ३९ रन जोडे। सिंगापुरका लागि जनक प्रकाशले मात्र एक विकेट लिए। 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५१ रन जोडेको थियो। सिंगापुरका लागि कप्तान टिम डेभिडले अर्धशतकीय पारी खेले। 
उनले ४४ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६४ रनको अविजित अर्धशतकीय पारी खेलेका थिए।

त्यस्तै जनक प्रकाशले १८ बलमा ३ चौका र एक छक्का प्रहार गर्दै २५ रनमा अविजित रहे। सुरेन्द्र चन्द्रमोहनले ३५ रन जोडे। 

उनले २६ बलमा ५ चौका र एक छक्काको मद्दतमा ३५ रन जोडेका हुन्। मनप्रित सिंह १५ र रोह रंगराजन ६ रनमा पेभिलिएन फर्किए। नेपालका लागि करन केसीले दुई विकेट लिए। उनले चार ओभर बलिङ गर्दै ३४ रन खर्चेर दुई विकेट लिएका हुन्। 

त्यस्तै अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सिंगापुरविरुद्धको खेलमा डेब्यु गरेका सुशान भारीले एक विकेट लिए।

मध्यम क्रमका ब्याट्सम्यान सन्दीप जोराको स्थानमा पहिलो पटक टी–२० खेलेका भारीले चार ओभरमा २७ रन खर्चदै एक विकेट लिएका हुन्। 

यसअघि आफ्नो पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो। यो जितसँगै दुई खेल खेलेको नेपाल दुई अंकसहित दोस्रो स्थानमा रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।