शुक्रबार, साउन २९, २०८३

टी-२० अन्तर्राष्ट्रियमा सुशन भारीको डेब्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सुशन भारीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन्।

सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत आयोजक सिंगापुरविरुद्धको खेलमा प्लेईङ सेटमा पर्दै भारीले डेब्यु गरेका हुन्। 

उनले सिंगापुरविरुद्ध सन्दीप जोराको स्थानमा टिममा परेका हुन्। 

भारीले नेपालको सिनियर टोलीबाट २०१७ मा भएको आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलेका थिए। 

लिस्ट ए अन्तर्गतको उक्त खेलमा चार ओभर बलिङ गर्दै १८ रन खर्चेर एक विकेट लिएका थिए। 

त्यस्तै ब्याटिङतर्फ ८ बलमा १ रन जोड्दै अविजित रहेका थिए। उनी बाँया हाते ब्याट्सम्यान र स्लो बाँया हाते अर्थोडक्स बलर हुन्। 

भारी घरेलु प्रतियोगितामा विभागिय टोली नेपाल आर्मीबाट खेल्ने गर्दछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।