मंगलबार, वैशाख ८, २०८३

१३औं साग खेल्ने टेबलटेनिस खेलाडी छनोट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं - घरेलु भुमिमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेवलटेनिस खेलाडी छनोट भएका छन्। लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा दुई दिनसम्म चलेको छनोटमा महिला र पुरुषमा समान ५-५ खेलाडी छनोट भएका हुन्। 

पुरुषतर्फ विनेश खनिया, पुरुषोत्तम बज्राचार्य, शिव सुन्दर गोथे र संयोग कपाली छनोट हुँदा महिलामा नविता श्रेष्ठ, रविना महर्जन, दीक्षा तामाङ, एलिना महर्जन र सिक्का सुवाल छनोट भए। 

गत बुधबार सवारी दुर्घटनामा परेका राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठलाई अर्को एक मौका दिइने भएको छ। उपचाररत स्यान्टुलाई रिकभरको लागि ४० दिनको समय दिइएको र त्यसपछि छनोटमा पाँचौ स्थानमा रहेका सुनिल महर्जनसँग प्रतिस्पर्धा गराइने संघले जनाएको छ।
 
पुरुषतर्फ विनेशले प्रदीप रोका, मणि लामा, सुनिल महर्जन, पुरुषोत्तम बज्राचार्य, कृष्ण थापामगर, संयोग कपाली र शिव सुन्दर गोथेलाई पराजित गर्दा चन्दन शाहीसँग भने पराजित भएका थिए। पुरुषोत्तम बज्राचार्यले प्रदीप रोका, मणि लामा, सुनिल महर्जन, कृष्ण थापामगर, संयोग कपाली, चन्दन शाही र शिव सुन्दर गोथेलाई पराजित गर्दा विनेशसँग भने पराजित भएका थिए। महिलातर्फ नविताले सोनु थापामगर, रविना महर्जन, एलिना महर्जन, स्वेच्छा नेम्वाङ, दीक्षा दाहाल, दीक्षा तामाङ, सेलिसा खड्गी, गीता भुजेल र सिक्का सुवाललाई पराजित गरिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।