बिहीबार, भदौ ४, २०८३

स्वास्थ्य सेवाका १० अधिकारीको सरुवा [को कहाँ?]

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका १० औं र ११औं तहका १० जना अधिकारीको सरुवा गरिएको छ।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका १० औं र ११औं तहका १० जना अधिकारीको सरुवा गरिएको छ। राज्यमन्त्रीस्तरीय निर्णयअनुसार उनीहरुलाई सरुवा गरिएको हो। स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखामा डा. विवेककुमार लालले जिम्मेवारी पाएका छन्। 

पब्लिक हेल्थ एड्मिनिट्रेसन समूहका लाल यसअघि भक्तपुरस्थित क्षयरोग केन्द्र प्रमुख थिए। परिवार कल्याणका निर्देशक रहेका डा. तारा पोखरेललाई सार्क क्षयरोग तथा एचआईभी केन्द्रको निर्देशकको जिम्मेवारी दिइएको छ। 

सार्क क्षयरोग तथा एचआईभी केन्द्रका निर्देशक डा. अनुज भट्टचनलाई कर्णाली प्रदेशमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।सोही महाशाखा अन्तर्गतको खोप शाखाको जिम्मेवारी सागर दाहालले पाएका छन्।सो शाखा प्रमुख रहेका डा. झलक गौतमलाई व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ।

राष्ट्रिय क्षयरोग केन्द्रमा डा. प्रकाशप्रसाद साहलाई जिम्मेवारी दिइएको छ भने भरतपुर अस्पतालका मेसुमा डा. कृष्ण पौडेलले जिम्मेवारी पाएका छन्। सो अस्पतालको जिम्मेवारीमा रहेका डा. रोशन न्यौपानेलाई डा. रामराजप्रसाद सिंह प्रदेश अस्पतालमा सरुवा गरिएको छ।

मन्त्रालयले सिंहदरबार वैद्यखानाको प्रबन्ध निर्देशक डा. शोभराम सुवेदीलाई जिम्मेवारी दिएको छ। यसअघि उनी आर्युर्वेद चिकित्सालय नरदेवीमा निर्देशक थिए। नरदेवीमा डा. सवरी साहलाई पठाइएको छ।

प्रकाशित: Aug 29, 2021| 22:39 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।