मंगलबार, वैशाख ८, २०८३

आफ्नै मैदानमा पिएसजी पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- फ्रेन्च लिग वान फुटबल अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी) घरेलु मैदानमा रिम्ससँग पराजित भएको छ। 

बुधबार राति भएको खेलमा पिएसजी रिम्ससँग २–० गोलले पराजित भएको हो। रिम्सलाई जित दिलाउन हसाने कामारा र बौलाए डियाले एक एक गोल गरे। 

खेलको २९ औं मिनेटमा कामाराको गोलबाट रिम्सले घरेलु टोलिविरुद्द अग्रता बनाएको थियो। पहिलो हाफमा १–० को अग्रता बनाएको रिम्सले दोश्रो हाफमा थप एक गोल गर्यो। खेलको इन्जुरी समयमा डियाले गोल गर्दै पिएसजीलाई २–० ले पराजित गरे। 

बल पोजिसनमा एकतर्फी पकड जमाएपनि पिएसजीले गोल गर्न सकेन। पिएसजीको पटक पटकको आक्रमणमा रिम्सका गोलरक्षक बाधक बने।

यस हारसँगै पीएसजीले ७ खेलबाट १५ अंक जोडेको छ। आठौं स्थानको रिम्सको ७ खेलमा ११ अंक छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।