शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विद्युत प्राधिकरण कार्यालय सिरहाका प्रमुख सोनारविरुद्ध भ्रष्टाचार मुद्दा

विद्युत प्राधिकरण कार्यालय सिरहाका प्रमुख सोनारविरुद्ध भ्रष्टाचार मुद्दा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम– नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र औरही, सिरहाका कार्यालय प्रमुख छेदिलाल साह सोनारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

जागिर लगाइदिन घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार सोनारविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

करारमा जागिर लगाइदिने भन्दै प्रमुख सोनारले प्रलोभनमा पारी दुईजनासँग पटक पटक नगद तथा बैंक दाखिलासमेत गरी एक लाख पचास हजारको दरले तीन लाख घुस लिएको तथ्य फेला परेपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

यसबाहेक पुनः एकजना सेवाग्राहीसँग ५० हजार र अर्का सेवाग्राहीसँग ३० हजार घुस लिइरहेको अवस्थामा अख्तियारको बर्दिवास कार्यालयबाट गएको टोलीले प्रमुख सोनारलाई पक्राउ गरेको थियो ।

उनले प्राधिकरणको शाखा कार्यालय सिरहामा करारमा जागिर लगाइदिन र सेवाग्राहीबाट थप ८० हजार घुस लिएको अनुसन्धानबाट पुष्टि भएको अख्तियारको दाबी छ ।

साथै जागरिको प्रलोभनमा परेका सरोजकुमार यादव र लक्ष्मीनारायण यादव घुस दिने कार्यमा दोषी देखिएपनि अनुसन्धानको क्रममा यथार्थ कुरा खुलाइ सहयोग गरेकोले मागदाबीमा पूर्ण छुट दिइ दुबै जनालाई आयोगले साक्षीको रुपमा प्रस्तुत गरेको छ ।

३ लाख ८० हजार रुपैयाँ विगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार सोनारलाई जरिवाना तथा कैद सजायको माग दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीकुमार कोइरालाले जनाएका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।