शुक्रबार, साउन २९, २०८३

पाँच वर्षमा तेस्रो पटक लुटियो कृषि विकास बैंक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - कृषि विकास बैंकको रकम मंगलबार चार करोड  ७३ लाख ९६ हजार रुपैयाँ चोरी भयो। बुधबार प्रहरीले पत्रकार सम्मेलन गरी सो चोरीमा संलग्न चार जनालाई सार्वजनिक गर्‍यो भने बाँकी ८ जनाको भने नाम मात्र सार्वजनिक गरिएको छ। तर, सो पत्रकार सम्मेलनमा बैंकका लहान शाखाका ७ जना कर्मचारीलाई निगरानी गरेको मात्र जानकारी दिइयो। 

नेपाल राष्ट्र बैंकले भने तीन जना कर्मचारी सो काण्डमा संलग्न रहेको बताएको छ। 

यो घटनासँगै कृषि विकास बैंक तीन पटक लुटिइसकेको छ। पाँच वर्षको अवधिमा एउटै बैंक तीन पटक लुटिएको यो अनौठौ घटना हो र यो सहित गरी कृषि विकास बैंकबाट ४३ करोड १० लाख ९ हजार ४ सय ८३ रुपैयाँ चोरी भइसकेको छ।
 
पहिलो पटक २०७१ सालमा सो बैंक आफ्नै कर्मचारीबाट लुटिएको थियो भने दोस्रो पटक २०७४ मा लुटिएको थियो। बैंक लुटिएको यो तेस्रो पटक हो त्यो पनि आफ्नै कर्मचारीबाट। ०७१ असोजमा कृषि विकास बैंकको स्वयम्भु कार्यालयबाट ३३ करोड ९३ लाख ३९ हजार आठ सय ७२ रुपैयाँ गायब भयो। काल्पनिक नाममा कीर्ते कागज बनाई रेमिट्यान्समार्फत कृषि विकास बैंकका १७ वटा शाखाबाट उक्त रकम बैंकका कर्मचारीहरु नै संलग्न भएर निकालिएको पुष्टी भएको थियो।
 
कृषि विकास बैंकका सात वटा शाखा तथा अन्य बैंकमा नक्कली ग्राहक बनाई ०७१ असोजदेखि ०७२ असारसम्म उक्त रकम निकालिएको खुलेको अनुसन्धानको क्रममा खुलेको थियो । तत्कालिन समयमा उक्त घोटालाका मुख्य अभियुक्त केदार गौतम, सम्झना पोखरेल, जेनी श्रेष्ठ, गीता पन्त, भरतबहादुर बानियाँ, सुमुन भुजेल, सूर्यबहादुर लिम्बु, सन्दीप गुप्ता र रामकुमार गुम्हार पक्राउ परे। उनीहरूमध्ये अधिकांश अदालतको आदेशबाट धरौटीमा रिहा भइसकेका छन्।
 
त्यस्तै सोही बैंकमा १३ मंसिर ०७४ मा दीपिका रेग्मी बैंकको रकम हिनामिना गरेको भन्दै  पक्राउ परिन्। नेपाल प्रहरीको सीआईबीले गरेको अनुसन्धानबाट उनले इलेक्ट्रोनिक क्लियरेन्स चेक (ईसीसी) मार्फत आफन्तको खातामा चार करोड ४२ लाख ७३ हजार ६ सय ११ रुपैयाँ पठाएको पुष्टी भयो।
 
सीआईबीको अनुसन्धानका क्रममा दीपिकाका सहयोगीहरू प्रकाश घतानी, रमेशकुमार थापा, प्रेमहरि ढुंगेल, गोपाल गिरी, महेश्वर मरहट्टा, सलिल रेग्मी र तारानाथ पाण्डे पक्राउ परे। दीपिकाको मुद्दा अगाडि बढेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।