शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाली बैंकबाट पाँच अर्ब लुट्ने योजना प्रहरीले बनायो विफल 

नेपाली बैंकबाट पाँच अर्ब लुट्ने योजना प्रहरीले बनायो विफल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाली नागरिकलाई प्रयोग गरेर नेपालकै बैंकबाट पाँच अर्ब लुट्न एक ह्याकरले मुम्बईमा बनाएको योजना विफल भएको छ। नेपालका बैंक तथा वित्तीय संस्थाहरुको सिस्टम ह्याक गरेर ५ अर्ब रुपैयाँ भारत लैजाने ती ह्याकरको योजना विफल भएको हो।  'काले' भनिने अफ्रिकी मुलका पिटरले लामो समयदेखि मुम्बईमा बसेर ह्याकको योजना बनाएको प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
 
प्रहरीका अनुसार पिटरले  कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नविल बैंक लगायतका बैंक तथा वित्तीय संस्थाहरुको क्रेडिएन्सल ह्याक गरेर रकम  लुट्ने योजना बनाएका थिए। सोही योजना अनुसार रकम निकालिरहेको अवस्थामा मंगलबार प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा ४३ वर्षका लवाङ तामाङ, ४० वर्षीया लक्ष्मी लामा तामाङ, २६ वर्षीय सञ्जय घले, २० वर्षीया निर्मला तामाङ, १८ वर्षीय निमा तामाङ, ४२ वर्षीय पुष्पराज खड्का, २३ वर्षका विद्यासागर लामिछाने, ३८ वर्षका श्रवणकुमार श्रेष्ठ, ३२ वर्षकी सुनीता श्रेष्ठ, २२ वर्षका विजय साह, ४५ वर्षका चन्द्रबहादुर बुढा र ३० वर्षीय भारतीय नागरिक शुबन्कर पन्जा छन्।

चारजनालाई भने प्रहरीले पत्रकारसम्मेलनमार्फत सार्वजनिक गरेको छ। बाँकी दुई जनालाई कैलालीबाट पक्राउ गरिएको र काठमाडौंमा ल्याइँदै गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए। यस्तै कृषि विकास बैंकको लहान शाखाका ७ जना कर्मचारीलाई भने प्रहरीले निगरानीमा राखेको जनाएको छ। 

उनीहरुले करिब एक महिना अघिदेखि नै नेपालका विभिन्न बैंक तथा वित्तिय संस्था लुट्ने योजना बनाएको प्रहरीको दाबी  छ। सो रकम लुट्नको लागि कृषि विकास बैंकको चितवनस्थित सौराहा शाखाको युजर, पासवर्ड र लहान शाखाको कम्प्युटर प्रयोग गरी नुवाकोटबाट ५० लाख रुपैयाँ झिकिएको पाइएको प्रहरीले जनाएको छ।

कृषि विकास बैंकको लहान शाखाबाट कैलाश विकास बैंकमा १५ लाख रुपैयाँ ट्रान्सफर भएको अनुसन्धानको क्रममा फेला परेको प्रहरी भनाइ छ।
 
पिटरले उनीहरुलाई भारतमा नै बोलाएर नेपाली बैंक तथा वित्तीय संस्थाहरु ह्याक गरी रकम चोरी गर्न अह्राएको र सो काम गरेबापत ३० प्रतिशतसम्म कमिसन दिने बताएका कारण उनीहरुले रकम चोरी गरेको प्रहरीसामू बयान दिएका छन्।
 
पिटरले नेपालमा रहेका ति एजेन्टलाई नविल बैंक, कृषि विकास बैंक लगायतका बैंकहरुमा चल्ती खाता खोल्न लगाई ह्याक गर्दै आएको प्रहरीले बताएको छ। पिटरले ५ अर्ब भन्दा बढी रकम ह्याक गर्ने योजनासहित नेपालमा रहेका उनका सहयोगीसँगसमेत मिटिङ गरेको तथ्यसमेत प्रहरीले अनुसन्धानमा फेला पारेको छ।

प्रहरीका अनुसार, कृषि विकास बैंकबाट हालसम्म रु ४ करोड ७३ लाख ९६ हजार चोरी  भएको छ। पानस रेमिट नयाँ बानेश्वरबाट  रु १२ लाख चोरी  भएको छ।

नेपाल राष्ट्र बैंकले भने यसमा कृषि विकास बैंकका तीन जना कर्मचारीको पनि संलग्नता रहेको बताएको छ।
 
पक्राउ परेका ६ जनालाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको  छ। उनीहरुलाई उपत्यका र उपत्यका बाहिरबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।