शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय लाईसेन्सलाई नेपाली बनाउने ४ जनाविरुद्ध मुद्दा

भारतीय लाईसेन्सलाई नेपाली बनाउने ४ जनाविरुद्ध मुद्दा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- रकम लगेर नक्कली भारतीय सवारीचालक अनुमतिपत्रलाई नेपालीकरण गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय जगाती भक्तपुरकाका ३ कर्मचारीसहित ४ जनाविरुद्ध बिशेष अदालतमा मुद्धा दायर गरेको छ।

शाखा अधिकृतद्वय अनोजकुमार घिमिरे र कोमलराज निरौला, नायव सुब्बा हेम कुमार बस्नेत र सुन्दर अधिकारीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। अधिकारी भारतीय नक्कली सवारी चालक अनुमति पत्रवाहक हुन्। 

अधिकारीले नक्कली भारतीय सवारीचालक अनुमतिपत्र नेपालीकरणको लागि निवेदन दिएको र त्यसलाई नेपालीकरण गरी कर्मचारीले गलत लिखत तयार गरेको प्रमाणित भएको अख्तियारले जानकारी दिएको छ। 

३ जना कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम सजाय हुन माग दाबी गरिएको छ।

अधिकारीका नाममा नेपाली सवारीचालक अनुमतिपत्रसमेत तयार भएकोले मतियारको कसुर अन्तर्गत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भएअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम सजाय माग दाबी गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।