शुक्रबार, साउन २९, २०८३

नेकपाका प्रवक्ता भन्छन् : ‘सीको विचार नक्कल नगरौं’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) को दुईदिने संयुक्त कार्यक्रम काठमाडौंमा सम्पन्न भएर चार बुँदै सम्झौता पनि भएको छ।

कार्यक्रममा सीपीसीका प्रमुख एवं चिनियाँ राष्ट्रपति सी जिनपिङका विचार बारे पनि बहस भएको छ। नेकपा सीको विचारलाई अंगिकार गर्दै चीनतिर ढल्केको टिप्पणी भइरहँदा नेकपाका एक नेताले असन्तुष्टि व्यक्त गरेका छन्।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सीको विचारलाई नक्कल गर्न नहुने बताएका छन्।

नेकपाले सीपीसीसँग घनिष्ठता बढाएकोमा असन्तुष्टि व्यक्त गर्दै आएका श्रेष्ठले काठमाडौंमा भएको कार्यक्रमदेखि नै फरक मत राख्दै आएका छन्।

उनले ट्वीटरमा बुधबार लेखेका छन्, 'सी जिनपिङ विचारधारा चीनको कम्युनिस्ट पार्टीको मार्गदर्शक सिद्धान्तको महत्वपूर्ण हिस्सा हो, हाम्रो होइन। हामी कुनै पनि लोकतान्त्रिक, प्रगतिशील, क्रान्तिकारी, समाजवादी र कम्युनिष्ट आन्दोलन र समाजको अनुभवबाट सिक्न तयार छौँ। तर हामी नक्कल गर्दैनौं। यसमा कुनै पनि अलमलमा पर्नु जरुरी छैन।’

त्यसअघि उनले नेकपा कुनै देशतिर नढल्किने पनि उल्लेख गरेका छन्।

‘हाम्रो पार्टी नेकपा कुनै खास देशतिर ढल्कदैन। हामीलाई राम्ररी थाहा छ कुनै देश वा प्रयोगको अन्धनक्कल नगरी आफ्नै मौलिक बाटोबाट अघि बढ्न सकेको कारणले नै हामी आज उपल्ब्धीको यो बिन्दुमा आईपुगेका हौं। अनि हामीलाई देशको भू-राजनीतिक अवस्थिति र संबेदनशीलता पनि राम्ररी थाहा छ। स्पष्ट होऔं।’, मंगलबार श्रेष्ठले लेखेका थिए।

आफ्नो पार्टीको सिद्धान्त मालेवाद रहेको स्पष्ट पार्दै उनले लेखेका छन्, ‘हाम्रो पार्टीको सिद्धान्त मालेवाद हो। हामी समाजवादी क्रान्तिको ऐतिहासिक चरणमा प्रवेश गरेका छौं। क्रान्तिको रणनीतिक लक्ष र आधारभूत कार्यक्रम समाजवाद हो। त्यसको आधार तयार पार्न सामाजवादी क्रान्तिको रणनीति कार्यान्वयनको प्रकृया अन्तर्गतको मूल कार्यनीति समाजवाद उन्मुख जनताको जनवाद हो।’

यता नेकपाका कतिपय नेताहरुले सीको विचार र सिद्धान्तबाट धेरै कुरा सिक्न सकिने र देश विकास गर्न सकिने दाबी गर्दै आएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।