शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कृषि विकास बैंकको रकम चोरीमा कर्मचारीकै संलग्नता, ग्राहकको रकम सुरक्षित रहेको बैंकको भनाई

कृषि विकास बैंकको रकम चोरीमा कर्मचारीकै संलग्नता, ग्राहकको रकम सुरक्षित रहेको बैंकको भनाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौ– कृषि विकास बैंकमा भएको करिव ३ करोड रुपैयाँ चोरीमा बैंककै कर्मचारी संलग्नता रहेको पाइएको छ । 

सोमबार र मंगलबार बैंकबाट अस्वाभाविक रुपमा कारोबार भएको जानकारी पाएको बैंकले आफ्नै कर्मचारीहरुलाई समेत निगरानीमा राखी शंका लागेपछि प्रहरीलाई जानकारी गराएको थियो । 

बैंकको आग्रहपछि सक्रिय भएको प्रहरीले मंगलबार बैंककै तीन जना कर्मचारीलाई रकम निकाल्दै गर्दा पक्राउ गरेको छ भने बाँकी सात जना पक्राउ गरिएको बताए पनि उनीहरुको नाम सार्वजनिक गरेको छैन । 

बुधबार दिउँसो दुई बजे पत्रकार सम्मेलन गरेर महानगरीय अपराध अनुसन्धान महाशाखाले यसबारे विस्तृत विवरण सार्वजनिक गर्ने बताएको छ । प्रहरीका अनुसार रकम चोरीमा बैंककै कर्मचारीको संलग्नता भने पुष्टी भइसकेको छ । 

रकम चोरीमा कृषि विकास बैंकको लहान शाखा प्रमुखको युजर नेम र पासर्वर्ड प्रयोग भएको पाइएको प्रहरीको अनुसन्धानले देखाएको छ । 

शाखा प्रबन्धकको युजर नेम र पाववर्ड प्रयोग गरी विभिन्न व्यक्तिको नाममा तीन करोड रुपैयाँ ट्रान्सफर गरिसकेको र डेढ करोड रुपैयाँ खाताबाट झिकिएको पनि प्रहरीको अनुसन्धानमा भेटिएको छ । 

लहान शाखाका म्यानेजर आन्तरिक तालिममको लागि काठमाडौंमा नै छन् । सोही मौकामा उनको युजरनेम र पासवर्ड लिएर काम गर्ने कर्मचारी र  स्वयम् म्यानेजरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको बैंकका एक संचालकले जानकारी दिए । 

गत असार मसान्तसम्मको नाफाको हिसाबकिताब रुजु भइसकेकाले त्यो रकम नचलाई साउन र भदौ महिनाको नाफाबाट डेबिट गरेर रकम ट्रान्सफर गरिएको पाइएको छ । अर्को अडिट नभएको अवस्थामा बैंकको नाफा चोरी गरिएको हो ।

उता बैंकले बैंकले ग्राहकहरुको रकम सुरक्षित रहेको स्पष्ट पार्दै बैंकको नाफाबाट नै रकम चोरीएको र चोरी भएको रकम सहित चोरी गर्ने व्यक्ति समातिएको जनाएको छ । 

कृषि विकास बैंकबाट ३ करोड चोरी : १० जना पक्राउ
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।